नरिवलको रक्सीले आठको मृत्यु, ३ सय अस्पताल भर्ना

एजेन्सी– फिलिपिन्समा स्थानीय नरिवलको रक्सी पिउँदा आठ जनाको मृत्यु भएको छ । ३ सयभन्दा धेरै अस्पतालमा भर्ना गरिएका छन् । उनीहरुले एउटै पसलबाट लाम्बानोङ नामको स्थानीय मदिरा खरिद गरेका थिए । तर, मृतक र बिरामीहरु फरक फरक ठाउँका भएको बातइएको छ ।

अस्पताल भर्ना हुनेहरु अधिकांशले पेट दुखेको र निद्रा बढी लागेको बताएका छन् । ४० प्रतिशत अल्कोहल भएको मानिने लाम्बानोङ त्यहाँको प्रसिद्ध मदिरा हो । 

यो मदिरा उत्पादन गर्ने व्यक्तिले यो घटनापछि प्रहरीकहाँ आत्मसमर्पण गरेका छन् । यो मदिरा उत्पादन त्यहाँ कानुनी हो या होइन भन्ने विषयमा बहस सुरु भएको छ ।

लागुना प्रदेशका गर्भनरले फेसबुकको माध्यमबाट अहिले त्यहाँ सो मदिरा उत्पादन बन्द गरिएको जनाएका छन् । उनले यस विषयमा अनुसन्धान सुरु गरिएको पनि बताएका छन् । 

यही मदिरा पिउँदा गत वर्ष पनि फिलिपिन्समा २१ जनाको मृत्यु भएको थियो । 





  • प्रकाशित मिति : पुस ८, २०७६ मंगलबार ०:१४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया