उपत्यकामा वर्षभरिकै कम तापक्रम, माइनसमा पुग्न सक्ने

काठमाडौ– उपत्यकाको तापक्रम घटेसँगै बिहीबार बढी चिसो महसुस गरिएको छ । उपत्यकाको न्यूनतम तापक्रम शून्य दशमलव ९ डिग्री सेल्सियसमा झरेको छ । यो काठमाडौं उपत्यकाको यस वर्ष मापन गरिएको सबैभन्दा कम तापक्रम हो । 

बुधबार उपत्यकाको तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस थियो । मौसमविद् गंगा नगरकोटीका अनुसार तापक्रम निरन्तर घट्ने क्रममा रहेको छ । ‘पश्चिमी वायुको प्रभाव पुन दोहोरियो भने यस वर्ष उपत्यकाको तापक्रम माइनसमा पनि पुग्न सक्छ,’ मौसमविद् नगरकोटीले भने । 

महाशाखाले तराईका भू–भागमा बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो रहेकाले राम्रोसँग घाम नलाग्ने भएकाले तापक्रममा गिरावट आई चिसो नै रहने भएकाले चिसोबाट बच्ने उपाय अपनाउनु उपयुक्त हुने जनाएको छ । 

साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ । चिसोबाट विशेष गरी वृद्धवृद्धा र बालबालिका बढी प्रभावित हुने गरेकाले चिकित्सकले सावधानी अपनाउन आग्रह गरेका छन् । 

महाशाखाको पछिल्लो विवरणअनुसार बिहीबार जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेको छ । त्यसैगरी दिपायल ३.५, पोखरा ६.०, सिमरा १०.०, धनकुटा ५.९ र ओखलढुंगाको ३.५ डिग्री सेल्सियस मापन गरिएको छ । 





  • प्रकाशित मिति : पुस १०, २०७६ बिहीबार १५:३७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया