काठमाडौं– शुक्रबार मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा जिप दुर्घटना भएको छ ।
रामचन्द्र भञ्ज्याङ भन्ने स्थानमा भएके दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार मृतकमध्ये १ जना महिला र २ जना पुरुष रहेका छन् । उनीहरुको सनाखत हुन बाँकी छ ।
ना१ज ३४३३ नम्बरको सो जिप हेटौँडाबाट काठमाडौं आउँदै गरेको थियो ।
जिप सडकदेखि करिब ५ सय मिटर तल खस्दा चालकसमेत घाइते भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।