ट्रम्पले भने– इरानका ५२ स्थान हाम्रो टार्गेटमा छन्

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले ५२ इरानी स्थानलाई निशाना बनाएको बताएका छन् । ट्रम्पले इरानले अमेरिकी नागरिक वा सम्पत्तिमाथि आक्रमण गरेमा यी ठाउँमा आफूहरुले आक्रमण गर्ने बताएका हुन् । 

ट्रम्पको यो अभिव्यक्ति इरानका शीर्ष कमान्डर कासिम सुलेमानीको हत्यापछि आएको हो । शुक्रबार एक हवाई आक्रमणमा अमेरिकाले इरानी सैन्य कमान्डर सुलेमानीको हत्या गरेको थियो ।

यो घटनापछि इरानले सही समयमा आफूहरुले अमेरिकाविरुद्ध यसको बदला लिने बताएको छ । यही प्रतिक्रिया आएपछि ट्रम्पको यस्तो चेतावनी आएको हो । 

उनले अमेरिकाले इरानका ५२ स्थानलाई चित्रित गरिसकेको र ती ठाउँ इरानका लागि महत्वपूर्ण तथा इरान र उसको संस्कृतिका लागि विशेष भएको बताएका छन् । इरानले अमेरिकामाथि कुनै पनि खाले आक्रमण गरेमा यी ठाउँमा आफूहरुले तीव्ररुपमा आक्रमण गर्ने ट्रम्पले जनाएका छन् । 

‘अमेरिका धम्की चाहँदैन,’ उनले भनेका छन् । 

अमेरिकी राष्ट्रपति ट्रम्पले ५२ लक्ष्य ती ५२ अमेरिकीको प्रतिनिधित्व गराउँदै भनेका हुन् जसलाई सन् १९७९ मा इरानमा एक वर्षसम्म बन्दी बनाएर राखिएको थियो ।





  • प्रकाशित मिति : पुस २०, २०७६ आइतबार १०:२३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया