राप्रपाले पृथ्वीजयन्ती तीन दिनसम्म मनाउने

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस यही पुस २६ देखि २८ गते तीन दिनसम्म उत्सवका रूपमा मनाउने भएको छ । पार्टीले देशभरका सबै जिल्ला कार्यसमितिले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदान एवं नेपालको एकीकरणको अभियानप्रति श्रद्धा, सम्मानलगायत अन्य विविध कार्यक्रम आयोजना गर्न निर्देशन दिएको छ । यही पुस २७ गते पार्टीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना तथा चियापान आयोजना गर्नेछ । 

सामाजिक जीवनका लब्धप्रतिष्ठित व्यक्ति तथा पार्टी सदस्यहरुको सहभागिताका लागि १० हजार निमन्त्रणा कार्ड वितरण गरिने पार्टीका नेता देवेन्द्र प्रधानले जानकारी दिए । सोही दिन पार्टीको कलासाहित्य विभागले कवि गोष्ठी, ट्रेड युनियन महासंघले रक्तदान कार्यक्रम गर्नेछ भने २८ गते सम्पूर्ण भ्रातृसंगठनको संयुक्त आयोजनामा राष्ट्र निर्माणमा शाहको योगदानसम्बन्धी प्रवचन गोष्ठी आयोजना गर्ने जनाइएको छ । 

राष्ट्र निर्माता शाहको दूरदर्शिता र साहसिक नेतृत्वमा नेपाली जनताको साझा प्रयासबाट वर्तमान नेपालको निर्माण र एकीकरण सम्भव भएकाले हामीले आफूलाई नेपाली हौँ भन्ने पहिचान र गौरव प्राप्त गर्न पाएको हुँदा दिवस मनाउन लागिएको नेता प्रधानले बताए । पार्टीले यही पुस २७ गते सार्वजनिक बिदाको समेत माग गरेको छ ।





  • प्रकाशित मिति : पुस २१, २०७६ साेमबार १५:३१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया