इरानले लियाे अमेरिकाकाे 'बदला' ट्रम्पले भने— अहिलेसम्म जे भइरहेको छ, राम्रो भइरहेको छ

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालयले इराकमा रहेका अमेरिकी सेना बस्ने दुई ठाउँमा एक दर्जनभन्दा धेरै मिसाइल आक्रमण भएको जनाएको छ ।

इरानका सरकारी मिडियाले यी आक्रमण इरानका जनरल कासिम सुलेमानीको हत्याको बदला लिन गरिएको जनाएका छन् । सुलेमानीलाई केही दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा बगदादमा एक ड्रोन आक्रमणमा मारिएको थियो । 

तर, यो सब कुरालाई ‘अल इज वेल’ भन्दै अमेरिकी राष्ट्रपति ट्रम्पले सामान्य रुपमा लिएका छन् । 

उनले ट्विटरमा लेखेका छन्, ‘सब ठीक छ, इरानले इराकमा दुई सैन्य आधारमा आक्रमण गरेको छ । त्यहाँ भएको नोक्सानको समीक्षा गरिँदै छ । अहिलेसम्म सबै राम्रो छ, हामीसँग विश्वको जुनसुकै स्थानमा पनि सबैभन्दा बलियो सेना छ । म भोलि विहान एउटा विज्ञप्ति जारी गर्नेछु ।’

उता, इरानका विदेशमन्त्री जव्वाद जरीफले यो आक्रमण आत्मरक्षाका लागि गरिएको जनाएका छन् ।

उनले पनि ट्विटरमा नै लेखेका छन्, ‘युएन चार्टरको आर्टिकल ५१ अनुसार आत्मरक्षामा यस्ता दुई ठाउँलाई निशाना बनाइएको छ जहाँ कायरपूर्ण ढंगमा हाम्रा नागरिक तथा वरिष्ठ अधिकारीविरुद्ध आक्रमण गरिएको थियो । हामी युद्ध बढाउन चाहँदैनौँ तर हामीमाथि भएको आक्रमणबाट आफूलाई रक्षा गर्न चाहन्छौँ ।’



उता, पेन्टागनले इराकको इरबिल र अल असद सहरका दुई ठाउँमा आक्रमण भएको जनाएको छ । अहिलेसम्म त्यहाँ कसैको मृत्यु भएकोबारे थाहा हुन सकेको छैन ।  



  • प्रकाशित मिति : पुस २३, २०७६ बुधबार ९:५६:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया