अहिले भारतमा निकै चर्चामा आएको छ फिल्म छपाक । दीपिका पादुकोणले अभिनय गरेको फिल्म छपाक १० जनवरीमा रिलिज हुँदैछ । सँगसँगै यो फिल्मलाई लिएर त्यहाँ विवाद पनि हुन थालेको छ ।
यहीबीच अभिनेत्री कंगना रनौटकी बहिनी रंगोली चंदेलले पनि आफूमाथि एसिड आक्रमण भएको बताएकी छिन् ।
ट्विटरमा उनले यसबारे खुलासा गरेकी हुन् । उनले आफूमाथि एसिड फाल्ने व्यक्तिको नाम अविनाश शर्मा भएको र उनीहरु एउटै कलेजका विद्यार्थी भएको पनि बताएकी छिन् । अविनाशले आफूलाई प्रपोज गरेको तर आफूले त्यसलाई अस्वीकार गरेपछि उनले आफूमाथि एसिड आक्रमण गरेको उनले बताएकी हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।