चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं– झापास्थित बी एण्ड सी मेडिकल कलेजका संस्थापक दुर्गाप्रसाद प्रसाईंले राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।

अवैध रुपमा अकुत सम्पत्ति कमाएको आरोप लगाउँदै प्रसाईंले गिरीविरुद्ध अख्तियारसहित सम्पत्ति शुद्धीकरण आयोगमा उजुरी दिएका हुन् । गिरीले भ्रष्टाचार तथा घुस लिने कार्य गरी अकुत सम्पत्ति आर्जन गरेको प्रसाईंको दाबी छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको शिक्षाध्यक्ष रहेको समयमा, स्वास्थ्य सेवा बिमा बोर्डमा कार्यकारी निर्देशक रहँदा र हाल आयोगको उपाध्यक्ष रहँदा गिरीले घुस लिएको आरोप प्रसाईंले लगाएका छन् ।

आफूले एमबिबिएस कार्यक्रम सञ्चालनका लागि सम्बन्धनको सिफारिस गर्न गिरीसमक्ष निवेदन दिएकोमा उनले २० करोड रुपैयाँ घुस अथवा कम्पनीको १० प्रतिशत सेयर मागेको प्रसाईंको उजुरीमा उल्लेख छ । 






  • प्रकाशित मिति : पुस २९, २०७६ मंगलबार १७:१३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया