जुम्लामा फेरि हिमपात, अस्पतालमा बिरामी बढे
फरकधार / २ माघ, २०७६

जुम्ला– जुम्लामा फेरि बिहीबार बिहानदेखि हिमपात भएको छ । यसपटक पनि अघिल्लो हिउँ नपग्लिई पुनः हिमपात भएको हो । लगातारको हिमपातले जनजीवन प्रभावित हुँदै गएको छ । बिहानैदेखि परेको हिउँले फेरि डाडाँकाँडा सबै सेताम्मे बनाएको छ । 



चिसोले सरकारी कामकाज तथा यातायातसमेत प्रभावित भएको छ । हवाई यातायात भने अनियमित मौसमका कारण बन्द रहेको छ । लगातार पानी र हिउँमा बच्न तथा न्यानो गर्न स्थानीय प्रशासनले पटक पटक सूचनासमेत जारी गर्दै आएको छ ।

चिसोले अस्पतालमा बिरामीसमेत बढ्ने गरेका छन् । अस्पतालमा रुघाखोकीका बिरामी बढेका कर्णाली स्वास्थ्य विज्ञान प्रनितष्ठान शिक्षण अस्पतालका डा अर्जुन तिवारीले जानकारी दिए ।



जुम्लाको तापक्रम भने घट्दै गएको यहाँस्थित जल तथा मौसम विज्ञान कार्यालयले जनाएको छ । आजको न्यूनतम तापक्रम ०.७ डिग्री रहेको छ । मौसम सफापछि भने तापक्रम बढ्ने अनुमान गरिएको छ । गत पुस १ गते जुम्लाको तापक्रम माइनस ७.२ डिग्री सेल्सियस भएको थियो । 



  • प्रकाशित मिति : माघ २, २०७६ बिहीबार १८:४:५६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया