‘म मुसलमान, पत्नी हिन्दू र बच्चा हिन्दुस्तान हुन्’

एजेन्सी– बलिउड अभिनेता शाहरुख खानले एक टिभीमा दिएको अन्तर्वार्ता अहिले निकै चर्चामा छ । किनकि अन्तर्वार्तामा उनले आफ्नो परिवारमा धर्मलाई लिएर कहिल्यै कुनै चर्चा नहुने बताएका छन् । 

भारतीय टिभी स्टार प्लसमा प्रसारण भएको कार्यक्रममा उनले भनेका छन्, ‘हाम्रो परिवारमा हामीले कहिल्यै हिन्दू, मुसलमानको कुरा गरेका छैनौँ । मेरी श्रीमती हिन्दू हुन्, म मुसलमान हुँ र हाम्रा बच्चा हिन्दुस्तान हुन् ।’

‘कयौँपटक जब उनीहरु स्कुल जान्छन्, स्कुलमा भर्नुपर्छ कि हाम्रो धर्म कुन हो,’ शाहरुखले भनेका छन्, ‘मैले अनि भनेको हुन्छु कि हामी इन्डियन हौँ, कुनै धर्मका होइनौँ र हुनु पनि पर्दैन ।’

शाहरुखको यो धारणालाई लिएर अहिले सामाजिक सन्जालमा भारतीय प्रयोगकर्ता निकै जोशका साथ टिप्पणी गरिरहेका छन् । 





  • प्रकाशित मिति : माघ १२, २०७६ आइतबार १७:२७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया