काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आज भएको विभागीय डर्बीमा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल (एपिएफ) क्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको १३औँ मिनेटमा पुलिसका कप्तान भोला सिलवालले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बनेको थियो ।
रवि पासवानको कर्नर बललाई हेड गर्ने क्रममा पुलिसका भरत साहलाई एपिएफका राजन गुरुङले धकेलेपछि पुलिसले पेनाल्टीको अवसर पाएको थियो । उक्त अवसरलाई कप्तान भोलाले सहजै गोलमा परिणत गरेका थिए । पुलिसका सौजन राई खेलको उत्कृष्ट खेलाडी घोषित भए ।
यो जितसँगै पुलिस ९ खेलबाट १४ अंकका साथ लिगको पाँचौँ स्थानमा उक्लिएको छ भने समान खेलबाट ५ अंक जोडेको एपिएफ लिगको १३औँ स्थानमा यथावत् छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।