काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगमा सरस्वती युवा क्लबले पहिलो जित निकालेकाे छ । यस क्रममा उसले हिमालयन शेर्पालाई ४–३ गोल अन्तरले पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेल निकै रोमाञ्चक बनेको थियो । खेलका पाँचौँ मिनेटमा नै काजिम बुसारीले गोल गर्दै सरस्वतीलाई अग्रता दिलाएका थिए । तर, खेलको १०औँ मिनेटमा नै हिमालयनले बराबरी गोल फर्कायो । उसका लागि आशिष गुरुङले गोल गरेका थिए ।
खेलको ३५औँ मिनेटमा विनोद केसीले गोल गर्दै सरस्वतीलाई पुनः अग्रता दिलाएका थिए । तर, खेलको ४५औँ मिनेटमा नै विजय श्रेष्ठले गोल गर्दै हिमालयनलाई पुनः बराबरीमा ल्याएका थिए ।
खेलको ८३औँ मिनेटमा काजिम बुसारीले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै सरस्वतीलाई अग्रता दिलाए । त्यस्तै, खेलको ८८औँ मिनेटमा मनीष थापाले गोल गर्दै सरस्वतीलाई ४–२ को स्थितिमा पुर्याए । थप गरिएको समयमा रवि थापा मगरले गोल गर्दै हिमालयनलाई खेलमा फर्काउने प्रयास गरेता पनि त्यो पर्याप्त नहुँदा खेल सरस्वतीले आप्mनो पक्षमा पारेको हो ।
सरस्वतीका काजिम बुसारी खेलको उत्कृष्ट खेलाडी घोषित भए । आजको खेलमा जित हात पारेता पनि सरस्वती लिगको अन्तिम स्थानमा यथावत् छ । सरस्वतीले ९ खेलबाट मात्र ४ अंक जोड्न सकेको छ ।
आजको खेलमा पराजय बेहोरेको हिमालयन पनि लिगको १२औँ स्थानमा यथावत् छ । हिमालयनले ९ खेलबाट ७ अंक जोडेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।