काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल युवा क्लबलाई १–० गोलअन्तरले हराउँदै त्रिभुवन आर्मी क्लब पुनः लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीका कप्तान भरत खवासले गरेको गोल नै निर्णायक बनेको थियो । उनले खेलको ७५औँ मिनेटमा गोल गरेका थिए । आर्मीका विकास खवास खेलको उत्कृष्ट खेलाडी घोषित भए ।
यो जिसँगै आर्मीले दोस्रो स्थानको मच्छिन्द्र क्लबसँग १ अंकको अग्रता बनाएको छ । आर्मीले ९ खेलबाट २० अंक जोडेको छ भने समान खेलबाट १२ अंक जोडेको जावलाखेल लिगको आठौँ स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।