के छ ट्रम्पले ल्याएको मध्यपूर्व शान्ति योजनामा ?

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा शान्ति स्थापना गर्नका लागि आफ्नो बहुप्रतिक्षित योजना घोषणा गरेका छन् । उनले यो योजनाले दुई देशको सम्बन्धमा व्यापक सुधार आउने पनि बताएका छन् । 

यो योजनाले इजरायली र प्यालेस्टाइनी कसैलाई पनि उनीहरुको घर छोड्नु पर्ने बाध्यता नहुने पनि ट्रम्पले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुसँग एक कार्यक्रममा यो शान्ति योजनाको घोषणा गरिएको हो । यसलाई ट्रम्पले प्यालेस्टाइनका लागि अन्तिम अवसर पनि भनेका छन् । 

तर, यसअघि नै बाहिर चुहिएको यो प्रस्तावलाई प्यालेस्टाइनले खारेज गरिदिएको छ ।

ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘आज इजरायलले शान्तिका लागि एउटा ठूलो कदम उठाएको छ । प्यालेस्टाइनी नागरिक गरिबी र हिंसाका शिकार भएका छन् । कुनै चरमपन्थ वा उग्रवादको बडाउन उनीहरुको प्रयोग भएको छ, उनीहरुको शोषण भएको छ । योभन्दा राम्रो जीवन मिल्नु पर्ने हुन्छ ।’

इजरायलले शान्तिका लागि क्षेत्रीय सम्झौता गर्न तयार भएको उनले बताएका छन् ।



यो योजनाअनुसार जेरुशेलममा प्यालेस्टाइनको राजधानी बनाउनका लागि ठाउँ पनि दिने र त्यहाँ अमेरिकाले आफ्नो दूतावास पनि खोल्ने ट्रम्पले बताएका छन् । तर, इजरायली कब्जामा रहेको वेस्ट बैंक क्षेत्रमा कुनै पनि कटौती नहुने पनि ट्रम्पले बताएका छन् ।

तर, प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले अमेरिकी राष्ट्रपति ट्रम्पको यो शान्ति योजना खारेज गरिदिएका छन् । उनले जेरुशेलम बिकाउ नभएको र आफ्ना अधिकारहरु कसैलाई बेच्न नसकिने बताएका छन् । अनि यसलाई अमेरिकी र इजरायली षडयन्त्रको संज्ञा पनि दिएका छन् ।



  • प्रकाशित मिति : माघ १५, २०७६ बुधबार ९:१६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया