‘भल्गर’ किसिमले आउने पावर सेयरिङमा रुचि छैन : रामचन्द्र पाैडेल

यो संविधान सम्झौताको दस्तावेज हो । पूर्ण प्रजातन्त्र आएपछि, प्रजातन्त्र साकार भएपछि, प्रजातान्त्रिक मूल्य मान्यता र आदर्शपछि राज्य व्यवस्थामा बनेकोजस्तो यो संविधान हुँदै होइन ।

अनेक गरेर सम्झौता गरे पनि प्रजातन्त्रका मूल्य मान्यतालाई जतनले जोगाएर आएको संविधान हो । तर, यो संविधानलाई कार्यान्वयन गर्ने बेलामा लोकतन्त्रमा विश्वास नगर्ने शक्तिका हातमा सत्ता गयो । त्यो हाम्रै कमजोरीले गर्दा गयो । प्रजातान्त्रिक शक्तिहरूका कमजोरीका कारणले गर्दा उनीहरूको हातमा सत्ता गयो ।

अब उनीहरूले कानुन बनाएर आफूले चाहेको मान्यता र व्यवस्था सिद्धान्ततिर देशलाई लैजान प्रयत्न गरिरहेका छन् । संविधान एकातिर छ । जनताको चाहना एकातिर छ, उनीहरूको चाहना अर्कोतिर छ । त्यसैको द्वन्द्व हो अहिले । 

अनादिकालदेखि लोकतन्त्रका लागि, स्वतन्त्रताका लागि लड्दै आएको इतिहास छ । यो द्वन्द्वमा अझै पनि हामी धेरै सतर्क, सचेत भएर, जागरुक भएर अगाडि बढ्नुपर्ने मैले आवश्यकता देखेको छु । प्रत्येक कानुन उनीहरूको गलत मनसायबाट आएका हुन्छन् ।

हरेक कानुनमा हेर्नुपर्ने हुन्छ । लोकतन्त्रको मूल्य मान्यताहरूमा सरकारप्रति विश्वास गर्न सक्ने अवस्था छैन । त्यसैले हरेक पटक सजग भएर, जाँचेर पाइला पाइलामा लडाईं लड्नुपर्ने अहिलेको अवस्था मैले देखिरहेको छु । 

प्रेसका साथीहरूको जागरुकताले लोकतन्त्र बचाउनका लागि मद्दत गरिरहेको छ । तैपनि लोकतन्त्रका लागि सर्वथा अनुकुल वातावरण अझै नेपालमा छैन । अनेक षड्यन्त्र छन् । राष्ट्रिय प्रतिक्रियावादी र विदेशी षड्यन्त्रकारीबाट बचाएर देशको लोकतन्त्र र प्रेस स्वतन्त्रतालाई हामीले बचाउनुपर्ने अहिलेको आवश्यकता छ । अहिले कम्युनिस्टसँगको लडाईमा ‘ओरल्ली, मोरल्ली र पोलिटिकल्ली’ लड्न सक्नुपर्छ । 



मलाई भागवण्डामा विश्वास छैन । तर, एउटा कुरा भन्छु । हल्लैहल्लामा हुँदैन । यो राजनीतिमा एक किसिमले ‘पावर सेयरिङ’ अनिवार्य तत्त्व हो, मिल्नका लागि । ‘पावर सेयरिङ’  हुन्छ, हुन्छ । तर, जो ‘भल्गर’ किसिमले आउने पावर सेयरिङको कुरा आउँछ त्यसमा मेरो अभिरुचि पनि छैन ।

त्यसमा सहमति पनि होइन, त्यो मेरो मूल्य पनि होइन । मेरो मूल्य त पद्धतिमा लैजाउँ भन्ने हो । संस्थालाई ठिक ढँगले समयमा महाधिवेशन गरौं । चुनाव गरौं । जसले विश्वास आर्जन गर्न सक्छ त्यसले पाउनुपर्यो नि त । त्यहाँ हस्तक्षेप गर्न पाइन्छ ? कहिले पैसाको हस्तक्षेप, कहिले के को हस्तक्षेप ? 
 



(मंगलबार प्रेस युनियनले काठमाडाैंमा आयोजना गरेको कार्यक्रममा  पाैडेलले व्यक्त गरेकाे विचार)

  • प्रकाशित मिति : माघ १५, २०७६ बुधबार १६:२५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया