काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपानेलाई अदालतमा हाजिर हुन आदेश दिएको छ । सर्वोच्चले भ्रष्टाचारसम्बन्धी एउटा मुद्दामा अभिलेखसहित १५ दिनभित्र आफैँ इजलासमा उपस्थित हुन न्यौपानेलाई आदेश दिएको हो ।
बिहीबार न्यायाधीशहरु मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासले सो आदेश दिएको हो । आदेशमा सचिव न्यौपानेलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।
अदालतले नेपाल आयल निगमका तत्कालीन महाप्रबन्धक युवराज शर्माको भ्रष्टाचार मुद्दाको कागजात अभिलेख खोजी १५ दिनभित्र उपस्थित हुन आदेश दिएको हो । यसअघि पटक–पटक ताकेता गर्दा पनि अख्तियारले सो मुद्दाको अभिलेख दिन नसकेपछि अदालतले यस्तो आदेश दिएको हो ।
सर्वोच्चले आयोगका सचिवलाई सम्बोधन गरी पत्र पठाएको यो तेस्रोपटक हो । यसअघि २०७५ कात्तिक ८ र फागुन २३ गते यस्तै आदेश जारी भएको थियो ।
यस्तो छ आदेश
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।