ए डिभिजन लिग : मनाङद्वारा जावलाखेल पराजित

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगमा साबिक विजेता मनाङ मस्र्याङ्दी क्लबले सुखद् अन्त्य गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा जावलाखेल युवा क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै मनाङले जितको साथ लिगको अन्त्य गरेको हो ।

मनाङको जितका लागि ७५औँ मिनेटमा निशान लिम्बूले गरेको गोल नै पर्याप्त भयो । उनले सुशील लामाको पासलाई सदुपयोग गरेका थिए ।

खेलमा मनाङका गोलरक्षक दीप कार्की उत्कृष्ट खेलाडी घोषित भए ।

जितसँगै मनाङ कम्तीमा पनि तेस्रो स्थानमा रहेर लिगको अन्त्य गर्ने भएको छ । मनाङ दोस्रो स्थानमा उक्लिने सम्भावना गणितीय हिसाबमा भने अझै जीवितै छ । 

यदि भोलिको खेलमा आर्मीले मछिन्द्रलाई कम्तीमा पनि ५ गोलअन्तरले पराजित गरेको खण्डमा मनाङ दोस्रो स्थानमा उक्लिनेछ, तर यो सहज भने छैन ।



मनाङ १३ खेलबाट २८ अंकका साथ लिगको तेस्रो स्थानमा छ भने जावलाखेल समान खेलबाट १९ अंकका साथ छैटौँ स्थानमा छ ।


 



  • प्रकाशित मिति : फागुन २, २०७६ शुक्रबार १८:७:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया