एजेन्सी– उत्तर कोरियाले कोरोना भाइरसबाट ग्रसित एक व्यक्तिलाई मृत्युदण्ड दिइएको बताएको छ । क्वारेन्टाइनमा बस्न छाडेर सार्वजनिक स्थानमा नुहाउन गएको आरोपमा उनलाई मृत्युदण्ड दिइएको हो ।
क्वारेन्टाइनमा रहेका वेला ती व्यक्ति नुहाउन गएका थिए । दक्षिण कोरियाली समाचार एजेन्सीका अनुसार उनलाई उक्त घातक रोग सर्नमा सहयोग गरेर धेरैको ज्यान खतरामा पारेको आरोपमा तत्काल पक्राउ गरेर मृत्युदण्ड दिइएको हो ।
चीनबाट फिर्ता आएपछि एकान्तमा राखिएका ती व्यक्तिले उत्तर कोरियाली नेता किम जोङ ऊनको आदेशविपरीत बाहिर निस्किएको बताइन्छ । यद्यपि, उत्तर कोरियाले अहिलेसम्म कुनै पनि संक्रमितको पुष्टि गरेको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।