काठमाडाैं— कांग्रेस सहमहामन्त्री एवं पूर्वमन्त्री डा प्रकाशशरण महतले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा गोकुल बाँस्कोटाले अर्बौंको भ्रष्टाचार गर्न खोजेको आरोप लगाएका छन् ।
नेपाल प्रेस युनियन पर्साले वीरगंजमा गरेको पत्रकार सम्मेलनमा बोल्दै महतले बाँस्कोटा एक्लैको मात्र संलग्नता नभएको भन्दै यसबारे सत्यतथ्य छनबिन गरेर यथार्थ बाहिर ल्याउन सम्बन्धित निकायलाई उनले आग्रह गरे ।
अडियो प्रकरणमा प्रधानमन्त्री केपी ओलीले सदनमा स्पष्ट जवाफ दिनुपर्ने उनले बताए । गोकुल बाँस्कोटाको अडियो प्रकरणले सरकार भ्रष्टहरूको झुण्ड हो भन्ने प्रमाणित भएको महतले दाबी गरे।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।