प्रिमियर लिगमा आज ६ खेल हुँदै

एजेन्सी– प्रिमियर लिग अन्तर्गत आज ६ खेल हुँदै छन् । आज चेल्सी, टोटनह्याम तथा म्यानचेस्टर सिटी जस्ता ठूला क्लब मैदानमा उत्रिँदै छन् । 

आजको पहिलो खेल नेपाली समय अनुसार साँझ सवा ६ बजे चेल्सी तथा टेटनह्यामबीच हुँदैछ । 

चेल्सीको घरेलु मैदान स्टामफर्ड व्रिजमा हुने खेलमा चेल्सी टोटनह्यामलाई  हराउँदै चौथो स्थानमा आप्mनो पकडलाई बलियो बनाउन चाहन्छ भने टोटनह्याम पनि चेल्सीलाई हराउँदै चौथो स्थानमा उक्लन चाहन्छ ।

हाल अंक तालिकाको चौँथो तथा पाँचौ स्थानमा रहेका यी दुई टोलीबीच एक अंकको मात्र अन्तर छ । 

चेल्सीले २६ खेलबाट ४१ अंक जोड्दा टोटनह्यामले पनि समान खेलबाट ४०  अंक जोडेको छ । त्यस्तै, आज नै नेपाली समय अनुसार राति पौने ९ बजे चार खेल हुँदैछन । 

साउथ ह्याम्टनले एस्टन भिल्लासंग प्रतिस्पर्धा गर्दा, सिफर्ड युनाइटेड र व्रिगटनले एक अर्काको सामना गर्नेछन् । वर्नेली तथा वर्नमाउथ पनि एक अर्कासँग भिड्नेछन् भने क्रिश्टल प्यालेस तथा न्युक्यास्टल युनाइटेड पनि आमने सामने हुनेछन् । 



आजको अन्तिम  खेल नेपाली समय अनुसार राति सवा ११ बजे लेस्टर सिटी तथा म्यान्चेस्टर सिटीबीच हुनेछ । 

लेस्टरको घरेलु मैदान किंग पावर स्टेडियम हुने खेलमा हराउदै म्यान्चेस्टर सिटी दोस्रो स्थानको आफ्नो पकड बलियो बनाउन चाहन्छ । त्यस्तै, लेस्टर पनि आप्mनो घरेलु मैदानको फाइदा उठाउँदै म्यान्चेस्टर सिटीलाई हराएर अंक दुरी घटाउन चाहन्छ ।



हाल अंक तालिकाको दोस्रो तथा तेस्रो स्थानमा रहेका यी दुई टिमबीच ४ अंकको अन्तर छ ।

  • प्रकाशित मिति : फागुन १०, २०७६ शनिबार ११:४५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया