एजेन्सी– भारतमा जब फिल्म थलाइवीका निर्माताहरुले अभिनेत्री कंगना रनौटसँग फिल्म बनाउने घोषणा गरेका थिए, तब यसबारे निकै धेरै चर्चाहरु चल्न थाले । यो एक्साइटमेन्ट किन पनि हो भने सिने क्षेत्र हुँदै तमिलनाडूकी मुख्यमन्त्री बनेर लामो समय राज गरेकी जयललिताका प्रशंसक भारतमा निकै धेरै छन् ।
र, यो बायोपिकले भारतमा तहल्का मच्चाउने अनुमान पनि गरिएको छ ।
अर्कोतिर, कंगना रनौटले पनि जयललिताको बायोपिकमा काम गर्न निकै रोमान्चित भएको भन्दै त्यसका लागि मेहनेत गरिरहेकी छिन् ।
जयललिता जस्तै लुक्स बनाउनका लागि कंगनाले निकै मेहनत पनि गरेकी छिन् । अब कंगनाको यो फिल्मको पहिलो लुक्स सार्वजनिक भएको छ । त्यसमा उनी ठ्याक्कै जयललिता जस्तै देखिएकी छिन् । यो लुक्स कंगनाकी बहिनी रंगोली चन्देलले सार्वजनिक गरेकी हुन् । अनि यही तस्वीर अहिले भारतमा निकै सेयर भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।