सिरियामा फेरि सुरु भयो हवाइ हमला, टर्कीका २९ सेनाको मृत्यु

एजेन्सी– सिरियामा फेरि हवाइ हमला सुरु भएको छ । सिरियाले सेनाले गरेको हवाइ आक्रमणमा कम्तिमा पनि २९ टर्कीका सेना मारिएका छन् । टर्कीका अधिकारीहरुका अनुसार यो आक्रमण उत्तर पश्चिम सिरियामा भएको हो । 

यो आक्रमणका कारण सिरियाको इदलिबमा कयौँ मानिसहरु घाइते भएको जनाइएको छ । केही रिपोर्टहरुमा मारिनेमा २९ जनाभन्दा धेरै बढी रहेको जनाइएको छ ।

यो घटनापछि टर्कीका राष्ट्रपति रिचेप तैय्यप अर्दोआनले उच्च स्तरीय सुरक्षा बैठक बोलाएका छन् । यो बैठकपछि टर्कीले सिरियामा जवाफी कारबाही गर्न सक्ने बुझिएको छ ।

सिरियाको इदलिब अहिले विद्रोहीको कब्जामा छ । रुसको समर्थन पाएको सिरियाली सेनाले यसलाई आफ्नो कब्जामा लिन त्यहाँ आक्रमण गरेको मानिएको छ । इदलिबमा अहिले सिरियाली विद्रोहीको समर्थनमा टर्कीको सेना पनि रहेको छ ।

त्यसो त सिरियाली सरकार र रुसले सन् २०१८ मा त्यहाँ युद्धविराम गर्न अस्वीकार गरेका थिए ।





  • प्रकाशित मिति : फागुन १६, २०७६ शुक्रबार ९:०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया