हङकङमा पक्राउ परे प्रजातन्त्र पक्षधर मिडिया प्रकाशक

एजेन्सी– हङकङका एक उच्च व्यवसायी तथा प्रजातन्त्र पक्षधर प्रकाशक जिम्मी लाई पक्राउ परेका छन् । उनलाई प्रतिबन्धित ठाउँमा सभामा र ¥यालीमा भाग लिएको आरोप लागेको छ । 

एप्पल डेली नामको पत्रिकाका संस्थापक तथा प्रकाशक लाई ३१ अगस्टमा भएको सरकारविरोधी मार्चमा सहभागी भएको आरोपमा पक्राउ परेका हुन् ।

उनी एक पत्रकारलाई सन् २०१७ मा लगाइएको आरोपको विरोधमा भएको ¥यालीमा सहभागी भएका थिए । 

उनको पत्रिका एप्पल डेली हङकङ सरकार र चिनियाँ नेतृत्वको कडा आलोचक मानिन्छ । शुक्रबार विहान हङकङ प्रहरीले अरु दुई जना प्रजातन्त्र पक्षधर व्यक्तिहरुलाई पनि पक्राउ गरेको छ ।

त्यहाँ नेताहरु ली चुएक यान र युएङ समलाई पनि ३१ अगस्टमा अवैधानिक काम गरेको आरोपमा पक्राउ गरिएको हो ।

अर्कोतिर, हङकङमा लामो समयदेखि भएको आन्दोलन कोरोना भाइरस संक्रमणका कारण अहिले स्थगित भएको छ ।



एप्पल डेलीको रिपोर्टअनुसार ७१ वर्षका लाईलाई उनको घरबाट नै गिरफ्तार गरिएको हो । उनलाई कोहलुनको प्रहरी चौकीमा लगिएको छ । प्रहरीले उनीसँग सन् २०१८ मा भएको आन्दोलनबारे सोधपुछ गरेको बताइएको छ । गत अगस्टमा सरकारको आदेशको अवज्ञा गर्दै हङकङमा हजारौँ मानिसहरु आन्दोलनमा उत्रिएका थिए ।

‘हङकङ नेतृत्वले मेरो क्षमता र आँटलाई तिरस्कार गर्न खोजिरहेको छ,’ न्यु योर्क टाइम्समा केही अगाडि प्रकाशित अन्तर्वार्तामा लाईले भनेका थिए, ‘उनीहरुले मैले दुःख दिन खोजिरहेको बुझेका छन् ।’ लाई फोब्र्स पत्रिकाको अर्बपतिहरुको सूचीमा पर्ने व्यावसायी हुन् ।



  • प्रकाशित मिति : फागुन १६, २०७६ शुक्रबार १०:५८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया