एमसिसी सम्झौता पास नगर्ने श्रीलंका सरकारकाे निर्णय

काठमाडौं– नेपालमा जस्तै श्रीलंकाका लागि पनि प्रस्ताव गरिएको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कम्प्याक्ट सम्झौता श्रीलंकाले पास नगर्ने भएको छ । श्रीलंकाको मन्त्रिपरिषदले यही अवस्थामा उक्त सम्झौता अघि नबढाउने निर्णय गरेको हो । 

सरकारले बनाएको ‘एमसिसी पुनरावलोकन समितिले बुझाएको प्रतिवेदनका आधारमा सरकारले सो निर्णय गरेको हो । चारसदस्यीय सो समितिले शुक्रबार प्रधानमन्त्री महिन्दा राजापाक्छेलाई बुझाएको थियो । 

सरकारका प्रवक्ता मन्दुला गुनवर्द्धनाले मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सो सम्झौता कार्यान्वयन नगर्ने निर्णय भएको जानकारी दिएका हुन् । सो सम्झौता नै अपारदर्शी भएको र  यसमा भएका केही परिच्छेदले श्रीलंकाको संविधान र अन्य कानुनको उल्लंघन गर्ने प्रवक्ता गुनवर्द्धनाले बताए । 

श्रीलैका सरकारले सम्झौताका केही विषयले श्रीलंकाको राष्ट्रिय सुरक्षा तथा आर्थिक र सामाजिक क्रियाकलापमा पनि खलल पुग्ने निष्कर्ष निकालेको छ । देशको स्वतन्त्रता र सार्वभौमसत्तालाई पनि समस्यामा पार्न सक्ने आकलन गदै समझौता कार्यान्वयन नगर्ने निर्णय भएको छ । 

यद्यपि, सरकारले आफ्नो देशको र जनताको हितअनुकूल हुने गरी एमसिसी सम्झौता संशोधन गर्न अमेरिका सहमत भएको खण्डमा त्यसलाई अनुमोदनका लागि संसदमा पेस गर्न तयार रहेको सरकारका प्रवक्ताले जानकारी दिएका छन् । त्यसका लागि अमेरिकासँग छलफल गर्ने बाटो खुला राखिएको प्रवक्ता गुणवर्द्धनाले बताए ।

 





  • प्रकाशित मिति : फागुन १६, २०७६ शुक्रबार १५:४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया