अब जुम्लामै न्युरो सर्जरी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा न्युरो सर्जरी(नशा रोग शल्यक्रिया) सेवा सुरु हुने भएको छ । 

न्यूरो सर्जन चिकित्सक निलम खड्का प्रतिष्ठानमा आएसंगै नशा सम्बन्धी शल्यक्रिया सेवा सुरु हुने भएको हो । यसअघि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) मा एसोसिएट प्रोफेसर रहेका चिकित्सक खड्का शुक्रबारबाट प्रतिष्ठानमा आएसँगै सो सेवा सुरु भएको अस्पताल निर्देशक डाक्टर मंगल रावलले जानकारी दिए । 

नशाको शल्यक्रिया गर्न अत्यावश्यक रहेको सिटी स्क्यान प्रतिष्ठानले एक वर्ष अगाडि नै सञ्चालनमा ल्याएको थियो । यहाँको भौगोलिक बनावट भिरालो भएकोले लड्ने र जुम्ला सडक सञ्जालमा जोडिएसँग सवारी दुर्घटनाका कारण टाउको तथा नशामा चोटपटक लागेर धेरै बिरामी आउने भएता पनि न्यूरो सर्जरी सेवा उपलब्ध नहुँदा नेपालगञ्ज र काठमाडौं रेफर गर्नुपर्ने बाध्यता रहेको थियो । 

जुम्लामा न्युरो सर्जन पुगेसँगै अब टाउको र नशामा समस्या भएका यस क्षेत्रका बिरामीले उपचारका लागि बाहिर जानुपर्ने बाध्यता टरेको निर्देशक रावलले बताए । 

प्रतिष्ठानले यस अघि हाडजोर्नी तथा नसा रोग, जनरल सर्जरी स्त्री तथा प्रसुती रोग, जनरल मेडिसिन, मानसिक रोग, बालरोग, आँखा रोग, दाँत रोग, आईसीयु एनआईसीयु रेडियोलोजी एनेस्थेसिया सेवा प्रदान गर्दै आएको छ ।

विशेषत जुम्ला, हुम्ला, कालिकोट, मुगु, डोल्पा, अछाम, जाजरकोट, बझाङ र बाजुरा जिल्लाको स्वास्थ्य सेवा प्रदान गर्न सरकारले विसं २०६८ मा  जुम्लामा यस प्रतिष्ठान स्थापना गरेको थियो । प्रतिष्ठानले २०६९ कात्तिक २३ गतेदेखि एक जना विशेषज्ञसहित पाँच जना चिकित्सक तत्कालीन कर्णाली अञ्चल अस्पताल जुम्ला पुर्याई सेवा सुरुवात गरिएको थियो ।





  • प्रकाशित मिति : फागुन १७, २०७६ शनिबार ८:१५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया