काभ्रे— नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पूर्व मन्त्री डा. प्रकाश शरण महतले अहिलेको सरकार जनताको नजरबाट गिरिसकेको बताएका छन् । काभ्रेको पनौती नगरपालिका १० नम्बर वडाको कांग्रेस इकाईले आयोजना गरेको वन भोज तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सरकारको भ्रष्टाचार र अत्याचारले सीमा नाघेको भन्दै डा. महतले त्यसविरुद्ध सबै जनता एकजुट हुन आव्हान गरे । उनले गोकुल बाँस्कोटा प्रकरणको सन्दर्भ निकाल्दै अहिलेको सरकारका मन्त्री कतिसम्म भ्रष्ट छन् भनेर दुनियाँले देखेको जिकिर गरे ।
डा. महतले बोल्नेको पिठो बिक्ने, नबोल्ने चामल पनि नबिक्ने उखानलाई कम्युनिस्टहरू अघिल्लो निर्वाचनमा कार्यन्वयन गरी निर्वाचन जितेको आरोप लगाए । जसको परिणाम नेपाली जनता अहिले भोगिरहेको उनले तर्क गरे ।
अब भ्रम फैलाउने र झुठा प्रचार गर्नेहरूलाई समाजबाट सामाजिक बहिस्कार गर्न उनले सबैमाझ अपिल गरेका थिए । कांग्रेसको आन्तरिक विवादको प्रशंगमा उनले विचारभन्दा व्यक्ति कहिल्यै ठूलो हुन नसक्ने भन्दै कांग्रेसले तह लगाउने चेतावनी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।