बिरामीको मृत्यु भएपछि सिभिल अस्पतालमा आफन्तकाे प्रदर्शन

काठमाडौं– बानेश्वरको निजामति कर्मचारी अस्पताल (सिभिल हस्पिटल)मा बिरामीको मृत्यु भएपछि आफन्तले विरोध प्रदर्शन गरेका छन् । डाक्टरको लापरबाहीले बिरामी भएको भन्दै उनका आफन्तले प्रदर्शन गरेका हुन् ।

उपचारका लागि आइतबार बिहान ११ बजे आफैँ आएका सिन्धुपाल्चोकका अर्जुन खड्काको उपचारको क्रममा मृत्यु भएपछि आफन्तले प्रदर्शन गरेका हुन् ।

उपचार गर्ने डाक्टरलाई कारबाही र लाइसेन्स खारेज गर्नुपर्ने मृतकका आफन्तको माग छ । आकस्मिक कक्षमा अनुभवी डाक्टर नराखेका कारण मृत्यु भएको आफन्तको आरोप छ ।

अस्पतालमा उनको इसिजी गरिएको थियो । त्यसको रिपोर्ट २ घण्टापछि आउँछ भनिएकोमा रिपोर्ट आउनुअघि नै बिरामीको मृत्यु भएको हो । अहिले आफन्तले अस्पताल प्रशासनसँग छलफल गरिरहेको छ । भित्र वार्ता चलिरहेका वेला मृतकका आफन्तले अस्पतालबाहिर प्रदर्शन गरेका छन् ।





  • प्रकाशित मिति : फागुन १८, २०७६ आइतबार १६:५१:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया