काठमाडौं– गोरखाको आरुघाट गाउँपालिका १ मान्बुमा बुधबार राति जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने सातजना गम्भीर घाइते भएका छन् ।
बा १ च ५५०५ नम्बरको जिप सडकबाट दुई सय मिटर तल खस्दा धार्चे गाउँपालिका ६ का वडा सचिव किरण रिमालको घटनास्थलमै मृत्यु भएको छ भने धार्चे गाउँपालिका उपाध्यक्ष फुलमाया गुरुङसहित सातजना घाइते भएका छन् ।
उपाध्यक्ष फुलमाया गुरुङसहित गम्भीर घाइते निशा गुरुङ, गाडीचालक बालचन्द्र गुरुङ, धनबहादुर गुरुङ, टेयरसिंङ गुरुङ, सुरज नेपाल र सर्मिला गुरुङलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।
उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो । थप उपचारका लागि उनीहरुलाई नर्भिक अस्पतालमा राखिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।