काठमाडौं—भारतीय उद्योगपति तथा रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानीको नामबाट एशियाका सबैभन्दा धनी व्यक्तिको ताज छिनेको छ । अब एशियाका सबैभन्दा धनी व्यत्ति, चिनियाँ व्यवसायी अलिबाबा ग्रुप होल्डिङ्सका संस्थापक ज्याक मा बनेका छन् ।
विश्वमा देखिएको आर्थिक संकट र तेलमा आएको गिरावटका साथसाथै भारतमा देखिएको आर्थिक संकटका कारण मुकेशको यो पद छिनिएको हो । उनको सम्पत्ति सोमबार मात्र ५.८ अर्ब डलर घटेको बताइएको छ । यसपछि उनी एशियाका धनी व्यक्तिको सूचीमा दोस्रो नम्बरमा आएका छन् ।
एशियाका सबैभन्दा धनी ज्याक माको सम्पत्ति चाहिँ ४४.५ अर्ब डलर रहको छ । यो मुकेशको सम्पत्तिभन्दा २.६ अर्ब डलर बढी हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।