कोरोना भाइरसबारे छलफलका लागि सातै प्रदेशका मुख्यमन्त्री काठमाडौंमा

काठमाडौं– संघीय सरकारले कोरोना भाइरसबारे छलफलका लागि भन्दै सबै प्रदेशका मुख्यमन्त्रीहरुलाई काठमाडौं बोलाएर छलफल सुरु गरेको छ । 

संक्रमण संक्रमणको सम्भावनालाई मध्यनजर गर्दै सरकारले सतर्कता अपनाउन र एकीकृत कार्ययोजना बनाएर अघि बढ्ने उद्देश्यले मुख्यमन्त्रीहरूलाई काठमाडौं बोलाएको हो।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले बैठकका लागि सबै मुख्यमन्त्रीलाई काठमाडौं बोलाएको हो ।

बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेसम्म सरकारले गरेका कार्यप्रगतिका विवरण पेस गर्ने र मुख्यमन्त्रीहरूले पनि कोरोनाभाइरस संक्रमण फैलन नदिन गरेका पूर्वतयारीबारे बैठकमा रिपोर्टिङ गर्ने कार्यक्रम छ ।





  • प्रकाशित मिति : चैत २, २०७६ आइतबार १६:२१:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया