बेलायत, फ्रान्स, जर्मनी र युरोपका अरु देशले सुरु गरे ‘लक डाउन’

एजेन्सी– बढ्दो कोरोना भाइरसको संक्रमणलाई रोक्न एकैदिन आज सोमबार बेलायत, फ्रान्स तथा जर्मनी र अन्य युरोपेली मुलुकहरुले नयाँ रणनीतिहरु ल्याएका छन् । 
जर्मन चान्सलर एन्जेला मर्केलले आफ्ना देशको सबै सीमाहरु बन्द गर्ने घोषणा गरेकी छिन् । उनले अब कोरोना भाइरसविरुद्ध लड्न सबैको साथ चाहिने पनि बताएकी छिन् । जर्मनीमा अब सार्वजनिक सबै स्थानहरु बन्द गरिएका छन् ।

बेलायतमा चाहिँ प्रधानमन्त्री बोरिस जोन्सनले पबहरु बन्द गर्ने घोषणा गरेका छैनन् । तर, त्यहाँ मानिसहरु जानु पर्ने आवश्यकता नै नरहेको उनले बताएका छन् । बेलायतमा विद्यालयहरु पनि अहिले तत्काल बन्द गरिएका छैनन् । 

तर, जर्मनी र फ्रान्स र अन्य युरोपेली मुलुकहरुले देशका अधिकांश पसलहरु बन्द गर्ने घोषणा गरेका छन् । अनि अन्य सार्वजनिक स्थानहरु पनि अहिलेका लागि बन्द गरिएका छन् । अब अधिकांश युरोपेली मुलुकहरुमा क्लब, सिनेमा घर तथा स्विमिङ पुलहरु बन्द गरिएका छन् । 

त्यहाँ रेष्टुरेन्टहरु पनि अब सिमित समयमा मात्र खोलिने बताइएको छ । खोलिएका रेष्टुरेन्टहरुमा टेबलको दूरी कम्तिमा पनि तीन मिटर हुनु पर्ने नियम ल्याइएको छ । 

फ्रान्स, जर्मनी तथा बेलायत सबै देशहरुले अहिले देशभित्र र बाहिर पनि यात्रा नगर्न आफ्ना नागरिकलाई अनुरोध गरेका छन् । 





  • प्रकाशित मिति : चैत ३, २०७६ साेमबार २३:४५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया