एसइईसहित त्रिविका परीक्षा पनि स्थगित गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगित गरेको छ ।

यस वर्षको परीक्षा भोलिबाट सुरु हुँदै थियो । हिजोसम्म मात्र पनि सरकारले एसइई कुनै पनि हालतमा गरिछाड्ने अडान लिँदै आएको थियो । 

तर, देशभर कोरोना भाइरसको सन्त्रास कायम रहँदा यसलाई अहिले स्थगित गर्ने निर्णय गरेको हो । 

कोरोनाबारे निर्णय गर्न सरकारले उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा समन्वय समिति बनाएको छ । यो समितिले बुधबार मात्र एसइई परीक्षा स्थगित नगर्ने निर्णय गरेको थियो । तर, यसको व्यापक आलोचना भएको थियो ।

अर्कोतिर, कोरोना भाइरसबारे समेत छलफल गर्न बुधबार दिउँसो नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक बस्यो । त्यहाँ पनि नेताहरुले एसइई स्थगित गर्ने सल्लाह दिए । यही कारण सरकारले एसइई परीक्षा स्थगित गरेको हो । 

अब एसइई कहिले हुन्छ भन्ने निश्चित छैन ।



सरकारले एसइई मात्र होइन, सबै विश्वविद्यालयका परीक्षा पनि स्थगित गर्ने निर्णय गरेको छ । सरकारले चैतमा सन्चालन हुने सबै परीक्षा स्थगित गर्न विश्वविद्यालयहरु तथा सिटिइभिटीलाई समेत निर्देशन दिइसकेको छ ।



  • प्रकाशित मिति : चैत ५, २०७६ बुधबार २०:१३:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया