कोरोना भाइरस त्रासका कारण लोकसेवा आयोगको लिखित परीक्षा पनि स्थगित भएको छ । आयोगले बिहीबार एक सूचना जारी गर्दै लोकसेवा आयोगका लिखित परीक्षा स्थगित गरेको जानकारी दिएको हो ।
पूर्वनिर्धारित निजामति सेवा, सुरक्षा निकाय र संगठित संस्थातर्फका लिखित परीक्षा चैत ८ गतेदेखि सुरू भई मसान्तसम्म सकिने तालिका थियो । उपसचिव एकनारायण शर्माले विज्ञप्ति जारी गरेर यसबारे जानकारी गराएका हुन् ।
आयोगले सो परीक्षा कहिले हुने भन्नेबारे केही खुलाएको छैन । अर्को सूचना जारी नहुँदासम्मका लागि परीक्षा स्थगित भएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।