काठमाडौं– डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने सरकारी नीतिअनुसार इसेवाबाट आफ्नो बैंक खातामा रकम पठाउँदा शुल्क नलाग्ने भएको छ । इसेवाले बिहीबार रातिदेखि अप्रिल ३० सम्म यो योजना लागू हुने जनाएको छ । अब बैंकमा रकम ट्रान्सफर इसेवालाई कुनै शुल्क तिर्नु पर्दैन । यसअघि इसेवाबाट इसेवामा नै पैसा ट्रान्सफर गर्दा पनि पैसा लाग्दैनथ्यो ।
इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाका अनुसार अहिलेको अवस्थामा बैंकहरुसँगको सहकार्यमा बैंक ट्रान्सफरलाई निशुल्क बनाउने निर्णय इसेवाले लिएको हो । यसले ग्राहकलाई थप सहज र सेवा सर्वसुलभ हुने विश्वास आफूले लिएको उनले जनाएका छन् ।
इसेवाले ग्राहकलाई सहज होस् भनेर अन्य सुविधा ल्याउने पनि जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।