गिरिजाप्रसाद कोइरालाको १०औं स्मृति दिवसको अवसरमा नेविसंघले बाँड्याे २५ सय मास्क र सेनेटाइजर

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघले मास्क र सेनिटाइजर वितरण गरेको छ । नेविसंघ स्याङ्जा–काठमाडौं सम्पर्क समितिको आयोजनामा शुक्रबार काठमाडौंको नयाँ बानेश्वरमा मास्क र सेनिटाइजर वितरण गरिएको हो ।

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १०औं स्मृति दिवसको अवसरमा नेविसंघले कोरोना भाइरसबारे जनचेतना फैलाउँदै मास्क र सेनिटाइजर वितरण गरेको हो । 

कोरोना भाइरसबाट जोगिन २५ सय मास्क र सेनेटाइजर वितरण गरिएको सम्पर्क समिति अध्यक्ष दीपेन्द्र क्षेत्रीले जानकारी दिए । 

मास्क र सेनिटाइजर वितरण कार्यक्रममा नेविसंघ महामन्त्रीद्वय बलदेव तिमल्सिना, युवराज पाण्डेलगायत नेताहरूको उपस्थिति थियो । 





  • प्रकाशित मिति : चैत ७, २०७६ शुक्रबार १६:५६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया