नेपाललगायत १० राष्ट्रलाई कोरोना भाइरससँग लड्ने सामग्री प्रदान गर्ने अलिबाबाका संस्थापक ज्याक माको घोषणा

काठमाडौं– विश्वप्रसिद्ध अनलाइन सपिङ कम्पनी अलिबाबाका संस्थापक ज्याक माले नेपाललगायत १० राष्ट्रलाई कोरोना भाइरससँग लड्ने सामग्री प्रदान गर्ने घोषणा गरेका छन् । 

उनले नेपाल, अफगानिस्तान, बंगलादेश, म्यानमार, मंगोलिया, माल्दिभ्स, श्रीलंका, कम्बोडिया, लावस र पाकिस्तानलाई भेन्टिलेटर, टेस्टिङ किट र मास्क उपलब्ध गराउने घोषणा गरेका हुन् ।

माले विश्वभर फैलिरहेको कोरोनाभाइरससँग जुध्न यी देशलाई १८ लाख थान मास्क, दुई लाख १० हजार टेस्टिङ किट र ३६ हजार भेन्टिलेटर, थर्मोमिटर उपलब्ध गराउने भएका हुन् ।

भारतका मुकेश अम्बानीलाई उछिनेर एसियाकै धनी व्यक्तिमा सूचीकृत भएका उनले यसअघि अमेरिकालाई पाँच लाख टेस्टिङ किट र दस लाख थान मास्क उपलब्ध गराएका थिए ।

शनिबार ट्विट गर्दै उनले भनेका छन्,‘ यो डेलिभर गर्न सजिलो छैन तर हामी चाँडो भन्दा चाँडो उपलब्ध गराउने छौँ ।’
 





  • प्रकाशित मिति : चैत ८, २०७६ शनिबार १४:३३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया