बेलायतमा कोरोना संक्रमित ५ हजारभन्दा बढी !

एजेन्सी– कोरोना भाइरसका कारण हुने कोभिड १९ रोगका बिरामी बेलायतमा निकै बढिरहेका छन् । बेलायतले शनिबार एउटा अपडेट दिँदै अब बेलायतमा पाँच हजारभन्दा धेरैमा कोभिड १९ देखिएको प्रष्ट्याएको छ । 

अहिलेसम्म त्यहाँ ७३ हजार मानिसमाथि परीक्षण गरिएको पनि जनाइएको छ ।

स्थानीय समयअनुसार शनिबार विहान ९ बजेसम्मको यो तथ्यांकलाई हेर्ने हो भने बेलायतमा २४ घन्टामा १ हजारजना नयाँ संक्रमित थपिएका छन् । 

अनि बेलायतमा अहिलेसम्म २ सय ३३ जनाको कोभिड १९ का कारण मृत्यु भएको छ । 





  • प्रकाशित मिति : चैत ९, २०७६ आइतबार १:६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया