मिथानोलले ठिक हुन्छ कोरोना भनेर पिएका ३ सय इरानीको मृत्यु

चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरस अब दुई सयभन्दा धेरै देशमा देखिइसकेको छ । अनि यसका कारण मृत्यु हुनेको संख्या २० हजारभन्दा बढी भइसकेको छ । कोरोना भाइरसलाई लिएर अहिले सामाजिक सन्जालमा निकै धेरै अफवाह पनि फैलिएका छन् । 

यस्तै एउटा अफवाहका कारण इरानमा ३ सय जनाले ज्यान गुमाएका छन् । इरानमा एउटा अफवाह के फैलिएको थियो भने मिथानोल पिउँदा कोरोना भाइरस ठिक हुन्छ । यसैका कारण त्यहाँ मानिसहरुले इथानोल पिउन थाले । यसका कारण त्यहाँ एक हजार जना गम्भीर बिरामी भएका छन् भने ३ सय जनाको मृत्यु भइसकेको छ ।

समाचार वेबसाइट डेली मेलले इरानी मिडियाको हवाला दिँदै त्यहाँ मिथानोल कम्तिमा पनि १० हजारभन्दा धेरैले पिएको जनाएको छ । त्यसो त इरान कोरोना कारण पनि निकै प्रभावित भएको छ । अहिलेसम्म इरानमा २३७८ जनाको कोरोनाका कारण मृत्यु भएको त्यहाँको सरकारले जनाएको छ । इरानमा कोरोना भाइरसका संक्रमितको संख्या ३२३०० पुगेको छ ।





  • प्रकाशित मिति : चैत १५, २०७६ शनिबार १३:५८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया