काठमाडौं- स्वास्थ्य तथा जनासंख्यामन्त्री भानुभक्त ढकालविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता भएको भन्दै वाग्मती प्रदेशसभाका सांसद रमेश पौडेलले अनलाइन उजुरी दिएका हुन् ।
उनी विवेकशील नेपाली दलसम्बद्ध सांसद हुन् । चीनबाट स्वास्थ्य सामाग्री ल्याउँदा अनियमितता भएको ठहर गर्दै उनले उजुरी हालेका हुन् । सरकारले स्वास्थ्य उपकरण खरिद गर्दा बजार भाउभन्दा ४ गुणा महँगो शुल्क तिरेको र ल्याइएको सामानसमेत गुणस्तरीय नभएकाले छानबिनको माग गरेको उनको भनाइ छ ।
अख्तियारका प्रवक्ता सहसचिव प्रदीपकुमार कोइरालाले उजुरी परेको पुष्टि गर्दै उजुरीमाथि छानबिन भइरहेको जानकारी गराएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।