राष्ट्रपतिलाई नेकपा नेतृ झाँक्रीको सुझाबः विकसित मुलुकका नेपालीको भन्दा सीमामा अलपत्र नेपालीको चिन्ता गर्नुस्

काठमाडौं– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ रामकुमारी झाँक्रीले विकसित मुलुकका नेपालीको भन्दा सीमामा अलपत्र नेपालीहरूको चिन्ता गर्न राष्ट्रपति विद्या भण्डारीलाई सुझाब दिएकी छिन् । 

भारतबाट देश फर्कन चाहने नेपालीहरू अलपत्र परेकाले उनीहरुको व्यवस्थापनका लागि स्थानीय तहलाई निर्देशन दिन माग गर्दै झाँक्रीले सामाजिक सञ्जालमार्फत् आक्रोश पोखेकी हुन् । 

‘महामहिम ! अमेरिका, क्यानडा, युरोप, अस्ट्रेलिया, जापान, कोरियालगायत विकसित मुलुकका नेपालीको चिन्ता नगरी बक्सियोस्,’ प्रतिनिधिसभा सदस्यसमेत रहेकी झाँक्रीले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘नेपालका विभिन्‍न जिल्लामा निर्माणको काम गर्न गएका मजदुरहरू लकडाउनमा अलपत्र परेकाहरू समस्यामा छन् । व्यवस्थापनका लागि स्थानीय तहलाई निर्देशन दिने कि ?’

राष्ट्रपति भण्डारीले अमेरिकामा कोरोनाको प्रकोप बढेपछि त्यहाँ रहेको नेपालीहरूबारे चिन्ता प्रकट गरेकी थिइन् ।






  • प्रकाशित मिति : चैत १९, २०७६ बुधबार १८:६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया