विद्युत् प्रधिकरणले एक वर्षमा कमायो १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ

काठमाडौं– नेपाल विद्युत प्राधिकरण सार्वजनिक संस्थानमध्ये सबैभन्दा बढी मुनाफा गर्न सफल संस्थान बनेको छ । प्राधिकरणले गत आर्थिक वर्ष आव २०७५–७६मा १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार प्राधिकरणले कुल १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणको ३४औँ वार्षिकोत्सवको अवसरमा गत भदौमा आव २०७५–७६ मा ७ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन हुने प्रक्षेपण गरिएको थियो । प्रक्षेपणभन्दा झण्डै साढे तीन
अर्ब बढी नाफा निकाल्न प्राधिकरण सफल भएको छ ।
 
घिसिङले प्राधिकरणको नेतृत्व सम्हालेपछि सञ्चित कोष धनात्मकतर्फ अघि बढिरहेको छ । आव २०७२–७३मा ८ अर्ब ८९ करोड खुद घाटामा र जगेडा तथा सञ्चित कोष ३४ अर्ब ६० करोड ८५ नोक्सानी थियो । प्राधिकरणले आव २०७३–७५ र २०७४–७५मा खुद नाफा क्रमशः १ अर्ब ४६ करोड ७३ लाख र २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ आर्जन गरेको थियो ।

विद्युत चुहावट नियन्त्रणमा हासिल भएको ठूलो सफलता, भारतबाट आयात र निजी क्षेत्रका उत्पादकहरुसँगको विद्युतको औसत खरिद दरमा आएको कमी, मर्मतसम्भार तथा प्रशासनिक खर्चमा गरिएको नियन्त्रणलगायतबाट संस्था तीन वर्षदेखि निरन्तर खुद नाफामा जान सफल भएको निर्देशक घिसिङको दाबी छ । 





  • प्रकाशित मिति : चैत २१, २०७६ शुक्रबार १४:३९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया