धनगढीका युवाको दोस्रो टेस्ट पनि पोजेटिभ

कैलाली– धनगढीमा कोरोना भाइरस संक्रमित युवाको दोस्रो टेस्ट पनि पोजेटिभ आएको छ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका ३४ वर्षका यी युवाको दोस्रो पटक परीक्षण गरिएको थियो । उनको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थियो । 

उनको टेस्ट पोजिटिभ आएसँगै उनलाई अझै केही दिन अस्पतालमा नै राखिने भएको छ ।

यी युवाबाट घरमा उनकी भाउजूलाई पनि कोरोना संक्रमण भएको शनिबारमात्र पुष्टि भएको थियो । घरका अन्य सदस्यहरुको रिपोर्ट चाहिँ नेगेटिभ आएको छ । 

यी युवा दुबईबाट नेपाल फर्किएका थिए । लक्षण देखिएपछि अस्पताल पुगेका उनमा १४ गते कोरोना भाइरस संक्रमण देखिएको थियो ।

उनीसँगै अहिले सेती प्रादेशिक अस्पतालमा अन्य तीन जनाको पनि कोरोना उपचार भइरहेको छ ।





  • प्रकाशित मिति : चैत २३, २०७६ आइतबार २१:५२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया