अस्पतालबाट बेलायती प्रधानमन्त्रीले भने– म ठिक हुँदैछु, तपाईंहरु घरमै बसिदिनुस्

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आफूलाई अहिले ठिक भइरहेको बताउँदै गत राति आफूले सेन्ट थोमस अस्पतालमा ‘आरामदायी रात’ कटाएको बताएका छन् । 
उनी अब केही दिन अस्पतालमा नै रहने उनको सचिवालयले जनाएको छ ।

केही समयअघि कोरोनाभाइरस संक्रमण देखिएपछि बोरिस आफ्नै निवासमा आइसोलेसनमा बसेका थिए । तर, १० दिने आइसोलेसनमा पनि ठिक नभएपछि र स्वास्थ्यमा थप समस्या देखिएपछि उनी हिजो राति अस्पतालमा भर्ना भएका थिए । 

‘उनलाई ज्वरो र खोकी लागिरहेको छ,’ उनले सचिवालयले जनाएको छ । 

उता, उनले ट्विट गर्दै आफू ठिक हुँदै गरेको बताएका छन् । अनि सबैलाई घरमै बस्न अनुरोध गरेका छन् ।





  • प्रकाशित मिति : चैत २४, २०७६ साेमबार १९:३५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया