बेलायती प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्य खस्कियाे, आइसियुमा सारियो

एजेन्सी– कोरोनाभाइरस संक्रमण भएपछि स्वास्थ्यमा समस्या देखिएका बेलायती प्रधानमन्त्री बोरिस जोनसनको अवस्थामा सुधार आउन सकेको छैन । 

हिजो अस्पतालमा भर्ना भएका उनलाई अब अस्पतालको इन्टेन्सिभ केयर युनिट (आइसियु)मा सारिएको बेलायती मिडियाले जनाएका छन् । उनी लन्डन अस्पतालमा भर्ना भएका थिए । 

केही समयअघि मात्रै उनले ट्विटमा आफ्नो अवस्था ठिक भएको लेखेका थिए । तर, उनको अवस्थामा सुधार नआएपछि उनलाई आइसियुमा सारिएको बेलायती मिडियाले जनाएका छन् । 

उनी अस्पतालमा भर्ना भएसँगै बेलायती सांसदहरुले उनले अक्सिजन लगाएर देश चलाउन नसक्ने भन्दै उनको राजीनामा माग पनि गरिसकेका छन् । 

बेलायती प्रधानमन्त्री कार्यालयले पनि अब सूचना जारी गर्दै उनको अवस्था थप जटिल बनेको बताएको छ । उनले यसअघि नै आफ्नो जिम्मेवारी आवश्यक परेको खण्डमा विदेशमन्त्री डोमिनिक राबलाई लिन स्वीकृति दिइसकेका छन् ।

उनकाे स्वास्थ्यकाे कामना गर्दै विभिन्न नेताले शुभेच्छा पठाएका छन् । 



यसअघि उनकाे स्वास्थ्य गम्भीर भनिएकाे थियाे । तर उनकाे सचिवालयले एक विज्ञप्ति निकाल्दै सावधानीका लागि आइसियूमा सारिएकाे जनाएकाे छ  ।



  • प्रकाशित मिति : चैत २५, २०७६ मंगलबार १:८:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया