ललितपुर महानगरलाई एन्फाले दियो दुई एम्बुलेन्स

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले ललितपुर महानगरलाई दुईवटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । 

एम्बुलेन्स कोरोना भाइरसको महामारी नसकिन्जेलसम्मका लागि ललितपुर महानगरले प्रयोग गर्नेछ । कोरोनाको संकट अन्य भएपछि महानरले एन्फालाई एम्बुलेन्स फिर्ता गर्नेछ । 

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्नका लागि सबैले सहयोग गरिरहेको अवस्थामा एन्फाले आफ्ना दुई एम्बुलेन्स सहयोग गरको हो । 

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । एन्फाले यसअघि नै आफ्ना भौतिक संरचनाहरु कोरोना भाइरसको आइसोलेसन र क्‍रेन्टाइनका लागि प्रयोग गर्न मिल्ने बताइसकेको छ ।





  • प्रकाशित मिति : चैत २५, २०७६ मंगलबार १५:१:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया