काठमाडौं– राष्ट्रिय सभा सदस्य तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीकी नेता कोमल वलीले मंगलबार दिउँसो काठमाडौंका विभिन्न स्थानमा पुगेर सडकका कुकुर र पशुपंक्षीहरुलाई खानेकुरा दिएकी छिन् ।
पछिल्लो समय कोरोनाभाइरस रोकथामका लागि आह्वान गरिएको लकडाउनका कारण विभिन्न क्षेत्रमा जनावरहरु भोकले मर्न थालेका समाचार आइरहँदा वलीले विभिन्न ठाउँमा पुगेर बेवारिसे कुकुरहरुलाई खाना खुवाएकी छिन् ।
मंगलबार ट्विटरमा यसबारे जानकारी दिँदै वलीले लेखेकी छिन्– पुशपंक्षीको जीवन पनि हाम्रो जत्तिकै महत्वपूर्ण हो ।
उनले काठमाडौंका मानिसहरुलाई घरको छतमा वा बाहिर मिल्ने ठाउँमा यस्ता बेवारिसे जनावरका लागि केही खानेकुराहरु राखिदिन पनि अनुरोध गरेकी छिन् ।
‘यस्तो गर्न सकेमा अहिले लकडाउनमा हामीले जनावरको मृत्यु सुन्नु पर्दैनथ्यो,’ उनले भनिन्, ‘सहयोग हामीले सकेको सबैलाई गर्नुपर्छ, मानिसहरुलाई पनि र जनावरहरुलाई पनि ।’
पशुपंक्षीकाे जीवन पनि हाम्राे जतिकै महत्वपुर्ण हाे ! काठमाडौंका वभिन्न ठाउँमा बेवारिसे अवस्थामा रहेका कुकुरहरुलाई खाना खुवायाैं ! यहाँहरुले पनि चराहरुका लागि आफ्नाे छतमा र वरिपरि कुकुरहरु छन्भने गेट बाहिर निश्चित ठाउँहरुमा खानाहरु,पानी राखीदिंदा कसैले ज्यान गुमाउनु पर्दैनथ्याे ! pic.twitter.com/LrIhdi1nuk
— Komal Oli (@OliKomal) April 7, 2020
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।