कस्तो छ बेलायती प्रधानमन्त्री बोरिसको स्वास्थ्य अवस्था ?

एजेन्सी– बेलायती प्रधानमन्त्री बोरिस जोनसन लगातार तेस्रो दिन पनि आज अस्पतालमा छन् । उनलाई दुई साताअघि कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको थियो । त्यसको १० दिनसम्म उनले निवासमा नै सेल्फ आइसोलेसनमा बस्ने निर्णय गरेका थिए । 

तर, उनको स्वास्थ्यअवस्था असहज भएपछि उनलाई चार दिन अस्पताल लगिएको थियो । अस्पताल भर्ना गरिएको भोलिपल्टै उनलाई सघन उपचार कक्ष आइसियूमा सारियो । 

त्यसपछि उनको स्वास्थ्य र बेलायतको नेतृत्वको विषयमा बारम्बार प्रश्न उठिरहेका छन् । 

बुधबार बेलायतमा दैनिक गरिने नियमित बिफ्रिङमा बेलायती अर्थमन्त्री ऋषि सुनकले प्रधानमन्त्री बोरिसको स्वास्थ्य सुधार भइरहेको जनाएका छन् । 

‘प्रधानमन्त्री अहिले चिकित्सकीय टिमसँग कुरा गरिरहेका छन्, अनि आफ्नो स्वास्थ्यमा सुधार आएको बताइरहेका छन्,’ उनले भनेका छन्, ‘उनलाई भेन्टिलेटरमा राख्नु परेको छैन ।’ बोरिस अचेत नभएको भन्दै उनले प्रधानमन्त्री अस्पतालको शैय्यामा उठेर बसिरहेको बताएका छन् ।





  • प्रकाशित मिति : चैत २७, २०७६ बिहीबार १:५२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया