लन्डनको सेन्ट थोमस अस्पतालमा कोभिड १९ को उपचार गराइरहेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । उनका आधिकारिक प्रवक्ताका अनुसार उनको स्वास्थ्य गत रातिको भन्दा निकै राम्रो भइसकेको छ ।
‘उनी गुड स्प्रिरिट्समा छन्,’ ती प्रवक्ताले भनेका छन्, ‘अनि अस्पतालमा राम्रो उपचार पाइरहेका छन् ।’
जोनसनलाई अहिले पनि आइसियुमा नै राखेर उपचार गराइरहिएको छ । अनि उनलाई त्यहाँ अक्सिजन दिइएको तर कुनै अरु औषधी नदिइएको बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।