बेलायती प्रधानमन्त्रीलाई आइसियुबाट निकालियो
फरकधार / २८ चैत, २०७६
यो सामग्री सेयर गर्नुहोस्

एजेन्सी– बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई सघन उपचार कक्ष (आइसियु)बाट बाहिर निकालिएको छ । कोभिड १९ का कारण समस्या भएपछि उनलाई तीन दिनअघि बेलायतको लन्डनस्थित सेन्ट जोसेफ अस्पतालको आइसियुमा राखिएको थियो ।



बेलायती प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या नआओस् भनेर उनलाई आइसियू लगिएको उनका प्रवक्ताले बताउँदै आएका थिए । 



आइसियूमा राखिए पनि उनलाई भेन्टिलेटरमा चाहिँ राखिएको थिएन ।



‘उनलाई यो साँझ फेरि वार्डमा सारिएको छ,’ उनका प्रवक्ताले भनेका छन्, ‘त्यहाँ पनि विशेष हेरचाहका साथ उपचार गरिन्छ, उनी अब ठिक हुने अवस्थामा छन् ।’



‘उनी अत्यन्त राम्रो अवस्थामा छन्,’ उनका प्रवक्ताले भनेका छन् । 

बेलायती प्रधानमन्त्री बोरिसलाई १५ दिनअघि कोभिड १९ संक्रमण भएको पुष्टि भएको थियो । १० दिन आइसोलेसनमा बसेपछि उनी अस्पतालमा भर्ना भएका थिए ।





  • प्रकाशित मिति : चैत २८, २०७६ शुक्रबार ०:१३:५४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया