मुगुमा कोरोना संक्रमित खोज्न गाउँगाउँमा दस्ता

मुगु– जिल्लाका स्थानीय तहमा विभिन्न आइसोलेसन बेड बनाए पनि विदेशबाट आउनेहरु अहिलेसम्म घरमा नै बसिरहेका छन् । फलस्वरुपः त्यहाँका प्रत्येक वडामा खोजी दस्ता गठन गरिएको छ ।

जिल्लामा रहेका चारवटा स्थानीय तहले आफ्नै पहलमा यस्तो गरेका हुन् । अहिले जिल्लाका ४५ वडामा त्यस्तो दस्ता तयार पारिएको बताइएकाृ छ । प्रत्येक दस्तामा पाँच जना सदस्य राखिएका छन् । 

विदेशबाट आएकाहरुलाई स्थानीय प्रशासनले बारम्बार क्वारेन्टाइनका लागि सम्पर्कमा आउन भन्दा पनि नआएपछि यस्तो निर्णय गरिएको हो । त्यहाँ स्थानीय प्रशासनले सबैले १४ दिने क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ । तर, अहिलेसम्म अत्यन्त कम मात्र त्यहाँ सम्पर्कमा आएका छन् । 

मुगुमा कतारबाट आएका दुई जना र भारतबाट आएका एक जनाको स्वाब पनि लिइएको छ । उनीहरुको स्वाब परीक्षणका लागि कर्णाली प्रतिष्ठान जुम्ला पठाइएको छ । 

यी तीनै जनालाई अहिले क्वारेन्टाइनमा राखिएको छ ।





  • प्रकाशित मिति : चैत २९, २०७६ शनिबार १६:१५:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया